काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको संविधान नमानेको भन्दै सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
पूर्वराजा शाहले आफ्नो सन्देशहरूमा श्री ५ महाराजधिराज र शाही निशाना प्रयोग गरिएको घटना स्मरण गराउँदै उनले संविधान मान्न लगाउन आग्रह गरेका छन् ।
यस्तो छ, सांसद खतिवडाको धारणा–
सभामुख महोदय, मैले संविधानविपरीत गरिएका कामप्रति सरकारको ध्यान आकृष्ट होस् भन्ने माग गर्न चाहान्छु । पूर्वराजा ज्ञानेन्द्रले भर्खरै फागुन ६ गते दिएको भिडिओ सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशाना प्रयोग गरिएको देखियो । यो शाही निशाना २०६५ साल जेठ १७ गते हटाएर त्यहाँ नेपालको राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा काँही पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसैले यस्तो सन्देश श्री ५ महाराजधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न संविधान नमिचोस् भन्ने आग्रह गर्न चाहान्छु ।
त्यो भिडिओ सन्देश मात्रै होइन २०६५ साल जेठ १६ गतेका दिन शाही निशानाको झण्डा राजदरबारबाट हटाएर राष्ट्रिय झण्डा फहराइएको थियो । त्यो फहराइएको झण्डालाई अपमान गरेर शाही निशाना फेरि प्रयोग गरिएको छ । यो संविधान कल्ले मान्ने हो कल्ले नमानने हो ? कुन वर्गलाई मान्न लगाउने हो, कुन वर्गलाई मान्न नलगाउने हो ? सरकारको ध्यान आकृष्ट होस् र यस्ता कार्य बन्द गरियोस् भन्ने माग गर्दछु ।
यी पनि पढ्नुहाेस्-
‘पूर्वराजालाई स्वागत गर्दा त मुटु हल्लियो भने आन्दोलन गर्दा के हालत होला ?’
राजतन्त्र कि गणतन्त्र भन्ने वहस चर्किँदै गर्दा नेपाली सेनाले निकाल्यो यस्तो विज्ञप्ति
FACEBOOK COMMENTS