काठमाडौं । रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला परेको छ।
भोटेकोसी बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा आज दिउँसो ३ बजे एक जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।
संयुक्त टोलीले रसुवा भोटेकोसी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव फेला पारेको हो।
सेनाले सबै सुरुङमा भइरहेको खोज, उद्धार तथा राहत वितरण लगायतका गतिविधिबारे जानकारी दिएको छ।