काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सार्वजनिक लेखा समितिको हलमा जारी रहेको छ ।
बैठकमा रास्वपा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी गराएका छन् । साथै समसामयिक राजनीतिक अवस्था, दलहरूबीचको संवाद तथा राष्ट्रिय महत्वका विषयमा समेत छलफल भइरहेको बताइएको छ ।
बैठकमा सहभागी विभिन्न दलका नेताहरूले मुलुकको वर्तमान राजनीतिक परिस्थिति तथा संसद्को प्रभावकारी सञ्चालनका विषयमा आफ्ना धारणा राखेका छन् ।
संसदमा जारी गतिरोध अन्त्य गर्न साझा पहल आवश्यक रहेको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले दलहरूबीच सहमति निर्माणका लागि छलफल अघि बढाएका छन् । बैठकमा संसद्को अवरोध हटाउने उपाय तथा राजनीतिक सहकार्यका सम्भावनाबारे पनि विचार–विमर्श भइरहेको छ ।