काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सी ७५ सार्वजनिक गर्ने तयारी गरेको छ।
उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने रियलमी सी ७५ कठिन परिस्थितिमा पनि शानदार प्रदर्शन गर्न डिजाइन गरिएको छ।
आईपी ६९ रेटेड वाटर एण्ड डस्ट रेजिस्ट्यान्स र ३६० डिग्री सक रेजिस्ट्यान्स फिचरले सुसज्जित यो स्मार्टफोन जस्तोसुकै परिस्थितिमा पनि भरपर्दो रहनेछ। आर्मसेल ग्लास, उच्च–स्तरको पानी प्रतिरोधी प्रविधि र एआई पावर्ड फिचरहरूको संयोजनले रियलमी सी ७५ ले स्मार्टफोनको परिभाषालाई नै नयाँ आयाम दिनेछ।
कम्पनीका अनुसार, बलियो र अत्याधुनिक प्रविधि रहेको रियलमी सी ७५ ले दृढता स्थापित गर्नेछ। यो स्मार्टफोन आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमतामा आउँछ। यसमा रहेको ६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङले लामो समयसम्म चल्ने र छिटो चार्ज हुने सुविधा प्रदान गर्छ।
अत्याधुनिक एआई फिचरहरू जस्तै एआई क्लियर फेस र एआई स्मार्ट लुपले फोटोग्राफी र उत्पादकत्वलाई नयाँ उचाइमा पुर्याउनेछ। आर्मसेल ग्लासको प्रयोगले यो स्मार्टफोन २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनेको छ।
६ दशमलव ७२ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट र अल्ट्रा–स्मूथ तथा भाइब्रेन्ट डिस्प्लेले प्रयोगकर्तालाई बलियोपना, कार्यक्षमता र आकर्षक डिजाइनको संयुक्त अनुभव प्रदान गर्नेछ। रियलमी सी ७५ ले स्मार्टफोन प्रयोगकर्ताहरूका लागि नयाँ र उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS