काठमाडौ ।सम्माननीय मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताएका छन् ।
न्यूज लाईन्स् नेपाल डटकमकाे साँतौ वार्षिकोत्सव तथा पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’विषयक विचार,गोष्ठी तथा सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
उनले सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । पूर्वअध्यक्ष रेग्मीले भने “संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको छ, सही सूचना सम्प्रेषण गरेर समाजप्रति उत्तरदायी बन्नुपर्छ, राज्य र नागरिकको सेतुको काममा सञ्चार माध्यमले भूमिका खेलेको छ ।
मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । समुन्नत मुलुक निर्माणका लागि पर्यटन क्षेत्रको उल्लेख भूमिका रहेको जिकिर गर्दै पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक विकासमा सहयोग पुग्ने विश्वास समेग व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व मन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रलाई जर्गेना गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । “प्रेस स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र बलियो हुन सक्दैन, सञ्चारमाध्यम आवाज विहीनको आवाज बन्नुपर्छ”, उनले भने। सञ्चारमाध्यम शक्ति र सत्ताको पछि नलागी सत्यको पछि लाग्नुपर्नेमा नेता केसीले जोड दिए ।
उनले मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै मुलुकको अफ्ठ्यारो परिस्थितिको सन्तुलन मिलाउन कांग्रेसले राष्ट्रपति दाबी गरेको उल्लेख गरेका छन् ।वरिष्ठ सौन्दर्यविद सुषमा महरा, मिडियाको सल्लाहकार रामप्रसाद न्यौपानेले मुलुकको आर्थिक विकासमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
FACEBOOK COMMENTS