काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आजदेखि ५० प्रतिशत हकप्रद निष्कासन गरेको छ ।
कम्पनीले १ः०.५० अनुपातमा ७५ करोड रुपैयाँको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरका लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । आवेदन पुस ७ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS