काठमाडौं । तीन दशकदेखि निर्माण सामग्रीहरूको उत्पादन तथा आपूर्ति गर्दै आएको आरएमसी ग्रुपले विगत दुई वर्षदेखि खाद्य वस्तुहरू पनि उत्पादन तथा बिक्री गर्न थालेको छ ।
आरएमसी फुड्सले न्युट्रीप्लस र न्युट्रीवेल ब्राण्डमा विभिन्न प्रकारका खानेतेल र बिस्कुटहरू उत्पादन तथा बिक्री गरिरहेको छ । उत्पादन सुरुवातको छोटो समयमा देशभर आफ्नो उपस्थितिलाई व्यापक बनाएको कम्पनीले बताएको छ । आरएमसीका उत्पादनहरू पछिल्लो समय हरेक व्यक्तिको भान्सामा पुगिसकेको कम्पनीको दाबी छ ।
कम्पनीले न्युट्रीप्लस ब्राण्डमा न्युट्रीप्लस सनफ्लावर, न्युट्रीप्लस सोयाविन, न्युट्रीप्लस पाल्मोलिन, न्युट्रीप्लस प्लाम, न्युट्रीप्लस वनस्पती घ्यू उत्पादन गरिरहेको छ । यस्तै, न्युट्रीवेल ब्राण्डमा चोइस (बेकरी शर्टनिङ फर बिस्कुट), क्रन्च (बेकरी शर्टनिङ फर बिस्कुट्स एण्ड कुकिज), लाइट (बेकरी शर्टनिङ फर क्रिम) र फ्लफी (बेकरी शर्टनिङ फर पफ) उत्पादन तथा बिक्री गरिरहेको छ ।
स्वदेशी तथा छिमेकी बजारमा समेत आफ्नो उपस्थितिलाई सशक्त बनाउनेगरी सन् २०२१ मा स्थापना भएको आरएएमसी फुड्सले गुणस्तरीय र स्वस्थ खाद्यवस्तु उत्पादन गरिरहेको कम्पनीमा कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले जानकारी दिए । गुणस्तरीय वस्तु उत्पादन र आपूर्तिबाटै उपभोक्ताको मन जित्ने प्रमुख लक्ष्य रहेको पनि उनले बताएका छन् ।
आरएमसीले बाराको जीतपुरमा सबैभन्दा ठूलो तेल प्रशोधन कारखाना स्थापना गरी विभिन्न प्रकारका खानेतेल उत्पादन गरिरहेको छ । बजारको मागको आधारमा थप उत्पादन वृद्धि गर्दै जाने कम्पनीको योजना छ । आरएमसीका उत्पादन उत्कृष्ट स्वाद बनावटमा रहेको तथा व्यक्तिगत र व्यावसायिक प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
‘आरएमसी’ एक विश्वसनीय ब्राण्ड भएको र आरएमसी फुडमार्फत पनि हरेक घरको मन जित्ने विश्वास कम्पनीका कार्यकारी निर्देशक अग्रवालले व्यक्त गरेका छन् ।
आरएमसी ग्रुपअन्तर्गत राजेश मेटल क्राफ्ट प्रालि, आरएमसी सिमेन्ट प्रालि (तानसेन सिमेन्ट), पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेड, र आरएमसी फुड्स प्रालिजस्ता कम्पनीहरू सञ्चालनमा छन् । यी कम्पनीहरूले निर्माण र खाद्य क्षेत्रमा विभिन्न प्रकारका प्रडक्टहरू उत्पादन गर्दै आएका छन् ।
FACEBOOK COMMENTS