रास्वपाले बोलायो दलको बैठक, काठमाडौंमा रहेका सांसदलाई उपस्थित हुन आग्रह
कर्पोरट खबर
10:23 am, बुधबार, वैशाख १६, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक छलफल आज बिहान ११ बजे हुँदैछ।
- छलफलमा पार्टी सभापति रवि लामिछाने सहभागी हुने भएका छन् भने उपत्यकाका सांसदहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक छलफल आज हुन लागेको छ ।
छलफलमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने बताइएको छ ।
बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने छलफलमा काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिका लागि पार्टीले निर्देश गरेको छ ।