काठमाडौँ । काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चयन भएका डा. नहकुल केसीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
संस्थाका अनुसार सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले डा। केसीलाई अध्यक्षमा चयन गरेको हो। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेलले आज उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संस्थाले जनाएको छ ।
साथै शपथ ग्रहणपछि संस्थाको सञ्चालक समितिको अद्यावधिक विवरणसमेत समावेश गरिएको छ । विवरणअनुसार डा। नहकुल केसी सर्वसाधारण समूहबाट अध्यक्ष रहेका छन् ।
यसैगरी सञ्चालक समितिमा संस्थापक समूहबाट अर्थ मन्त्रालयका प्रतिनिधि प्रेमराज पौडेल, नेपाल बैंक लिमिटेडका प्रतिनिधि पविता पराजुली र लागत इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधि माणिकरत्न शाक्य सञ्चालक रहेका छन् । सर्वसाधारण समूहबाट प्रमोद ज्वाली पनि सञ्चालक रहेका छन् ।