काठमाडौं । नेपाल र बंगलादेशबीच आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको लाइभ काठमाडौंका तीन ठाउँमा देखाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडिखेल, चाबहिल गणेशस्थान चौर र सानो गौचरणमा लाइभ देखाउने व्यवस्था गरेको हो ।
खेल साँझ साढे ६ बजेदेखि सुरू हुनेछ ।
सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
FACEBOOK COMMENTS