साफको फाइनलमा नेपाली टोलीले गर्ने प्रतिगोल एक लाख पुरस्कार दिने गरिमा विकास बैंकको घोषणा
कर्पोरट खबर
3:16 pm, बुधबार, कात्तिक १४, २०८१
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने ‘साफ वुमन्स च्याम्पियनसिप, २०२४’ को फाइनल खेलमा नेपाली टिमलाई प्रतिगोल एक लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
बंगलादेशविरूद्धको फाइनल खेलमा नेपाली टिमले गर्ने गोलका आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल एक लाख रूपैयाँ प्रदान गर्ने भएको हो ।
नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५१ एटीएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धर्म, संस्कृति, वातावरण तथा खेलकुद क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनमा सहयोग गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS