काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताएकि छन् ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेकि सांसद चौधरीले संसदलाई आरोपप्रत्यारोपको थलो बनाउन नहुने बताएकि हुन्।
पछिल्लो समय मुलुकले व्यहोरिरहेको बेरोजगारी, युवा पलायन, महिला हिंसा लगायतका विषयहरु संसदमा प्रवेश नपाउँदा जनताका विषयहरु गौण भइरहेको बताउँदै सांसद चौधरीले राजनीतिक दलहरुलाई देश र जनताका पक्षमा एकबद्ध भएर अगाडी बढ्न अनुरोध गरिन् ।
‘हिंसामुक्त समाज, बेरोजगारीको अवस्था, युवा पलायनको अवस्था, निराशाका विषयहरुलाई टेवल टक गरौं । सबै पार्टीहरु एकजुट भएर नेपालको रणनीति कस्तो हुनुपर्छ रु भन्ने विषयमा छलफल गरौं ।’ सांसद चौधरीले भनिन् ।
विज्ञान, प्रविधि र एआईको जमानामा नेपाललाई त्यसतर्फ डोहोर्याउन, युवाहरुलाई स्वदेशमै टिकाउने सवालमा बहस र छलफल हुन नसकेको उनको भनाई छ । कानुनले महिलाहरुलाई कार्यकारी भूमिका सुनिश्चित गरेपनि व्यवहारत लागू हुन नसकेको उनले जिकीर गरिन् ।
उनले संसदमा बर्तमान सरकारका प्रमुखलाई हिटलर भनेको प्रतिपनि आपत्ति जनाइन् । सोमबार मात्रै राजसँस्था फर्काउने भन्दै सडक तताउने कार्य गलत भएको तर्क गर्दै संबैधानिक तवरबाट जो कोही आएपनि फरक नपर्ने बताइन् ।
‘श्री ५ सरकारदेखि लिएर श्री ३ महाराजहरु पनि फर्काउने होकी, २२ से २४ से पनि आउने हो की रु जे जस्तो कुरा भएपनि संबैधानिक तबरले जे भन्छ त्यही भए फरक पर्दैन ।’ संविधान र लोकतान्त्रिक पद्दतिबाट मुलुकलाई अगाडी बढाउन सबै जना साझा मुद्दाहरुमा एक हुनुपर्ने सांसद चौधरीको भनाई छ ।
FACEBOOK COMMENTS