काठमाण्डौं-सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल– २०१८ को अवसरमा ‘फिल द गेम’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सामसङ टिभीको खरिदमा विशेष अफरहरू प्रस्तुत गरेको छ ।
ग्राहकलाई विशेष छुटसहित अन्य अफरहरू पनि प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
सामसङका विभिन्न मोडेलका टिभीहरूमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको भन्दै कम्पनीले यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरूमा २ वर्षको वारेन्टी तथा शून्य प्रतिशत ईएमआई सुविधाको किस्ताबन्दी अफर प्रस्तुत गरेको जनाएको छ ।
ईएमआई सुविधाका लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरूमा गई खरिद गर्नुपर्ने तथा यो योजना जुन महिनाको १ तारिखदेखि नेपालभरमा लागू गरिएको पनि जनाएको छ ।
FACEBOOK COMMENTS