सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ ।
तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जा सञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनका लागि उत्तम होम अप्लाएन्स बन्ने छ ।
बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनका लागि उत्तम विकल्प हो । एआई एनर्जी मोड, स्मार्टथिङ्स कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू र ट्वीन कुलिङ प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन् । एआई एनर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १०% सम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने मात्र होइन, दिगो जीवनशैलीमा पनि योगदान पुर्याउँछ ।
कन्भर्टएबल ५–इन–१ मोडहरूले जस्तो पनि घरको आवश्यकताहरू पूरा गर्न अनुकूल रहने अप्रतिम सुविधा प्रदान गर्छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडलहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्छ ।
ट्वीन कुलिङ प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आर्द्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ । यसले ७०% सम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन् । यसका साथै यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्छ ।
एआई एनर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा ल्याउँछ । यसले गर्दा गर्मीमा चिसो बेभरेजहरू स्टक गर्न वा ताजा खाना तयार गर्न सजिलो हुन्छ र विद्युत् बिलको चिन्ता पनि कम हुन्छ । स्मार्टथिङ्स एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू स्मार्टफोनबाट सहजै गर्न सकिन्छ, जसले घरको व्यवस्थापनलाई अझ स्मार्ट बनाउँछ ।
मूल्य र उपलब्धता
नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर आधुनिक डिजाइन र प्रिमियम प्रविधिको अद्भुत संयोजन हो, जसले आफ्नोको प्रयोगकर्ताको जीवनस्तर र सुविधा अझ सुधार गर्छ । नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन् । यसको मूल्य १,१२,९९० रुपैयाँबाट सुरु छ भने अहिले रहेको विशेष छुट अफरद्वारा १,०१,००० रुपैयाँमा खरिद गर्न सकिन्छ । यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको छ । सामसङको नयाँ रेफ्रिजरेटरहरूको खरिद गर्न अझ सजिलो पर्न, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित इन्स्टा फाइनान्सको साथ तपाईँले फ्रिजको खरिद गर्दा डाउन पेमेन्ट पछि ०% ब्याज ईएमआई सुविधा पनि प्राप्त गर्न सकिन्छ ।
आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर अब अनलाइन पनि उपलब्ध छ ।
FACEBOOK COMMENTS