काठमाडौं । एसके इनर्जी डेभलपमेन्टले सर्वसाधारणका लागि जारी गर्ने प्राथमिक शेयर (आईपीओ) को निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।
एसके इनर्जी डेभलपमेन्टले प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्य दरका २० लाख ८० हजार कित्ताले हुन २० करोड ८० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको छ । त्यस प्रयोजनार्थ उसले सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यससम्बन्धी सम्झौतापत्रमा एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीरबहादुर राई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरे ।
एसके इनर्जी डेभलपमेन्टले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्यामखोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावाट क्षमताको श्यामखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
FACEBOOK COMMENTS