काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन् ।
बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।
बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्।