काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । विकास बैंक र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । यसअघि निरन्तर नेप्से घट्दा लगानीकर्ता आत्तिने अवस्थामा पुगिसकेका थिए । ७ कार्य दिनका अवधिमा नेप्से सूचक १७१ अंकले घट्यो ।
cfh धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ० दशमलव ५३, फाइनान्स ० दशमलव ०२, होटल तथा पर्यटन ० दशमलव ६४, हाइड्रोपावर ० दशमलव ८५, लगानी १ दशमलव ७६, जीवन बीमा ० दशमलव ६४, उत्पादन ० दशमलव १८, निर्जीवन बीमा ० दशमलव ४०, अन्य १दशमलव ५७ र व्यापार ० दशमलव २१ प्रतिशत बढे । माइक्रोफाइनान्स ० दशमलव २७ र विकास बैंक सेक्टर ० दशमलव ३३ प्रतिशत घटे ।
पिपुल्स हाइड्रोपावरको मूल्य ९ दशमलव ७९ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ७ दशमलव ८९, दिव्यश्वरी हाइड्रोपावरको ७ दशमलव ६७, घलेम्दी हाइड्रोपावरको ६ दशमलव ७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ४ दशमलव ३१, ग्रीन डेभलपमेन्टको ३ दशमलव ८ प्रतिशत मूल्य घट्यो ।
FACEBOOK COMMENTS