काठमाडौं । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहकाे सेयर आज (श्रावण ५ गते, बिहीबार) बाट फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । यसअघि बिक्री खुल्ला गर्दा नबिकेपछि फेरि खुलाइएकाे हाे ।
नेपाल लाइफकाे ५ लाख ९६ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडकाे ७ लाख १७ हजार ९ सय ५० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे हाे । जसमध्ये नेपाल लाइफकाे मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंककाे मूल्य प्रतिकित्ता न्यूनतम ४ सय २५ रूपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि श्रावण १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लाेबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र ग्लाेबल आइएमई बैंक लिमिटेडकाे तलकाे सूचनामा ताेकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS