काठमाडौं । सेयर कारोबारको आज चौथो दिन बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक ७.२२ अंकले बढेको छ ।
यससँगै सूचक २ हजार ३ सय ६४ दशमलव ४७ विन्दुमा आइपुगेको छ । ३ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २६ कम्पनीको १४ सय ४२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ३६ वटा कारोबार भएको हो । यस सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS