काठमाडाैँ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २ हजार ६७७.६२ विन्दुमा आइपुगेको छ । दुई दिनसम्म लगातार बढेको बजारमा आज ब्रेक लागेको हो । मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेको थियो । तर, यो दिन बजार पुन घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन् । कतिपय लगानीकर्ताहरूले अहिले बजार घटाइलाई करेक्सनको रूपमा लिनुपर्ने लगानीकर्ताहरूको विश्लेषण रहेको छ । अघिल्लो दिन उच्च अंकले बजार बढ्दा सामान्य करेक्सन आउनुलाई सामान्य लिनुपर्ने लगानीकर्ताको भनाइ छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ३०५ कम्पनीको १ करोड २० लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सीईडीबी हाइड्रोपावर कम्पनी रहेकाे छ, जूको ३४ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ भने दोस्रो ठुलो कारोबार हुने कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड रहेको छ । त्यस्तै सोल्टी होटल, नेपाल फाइनान्स र स्टाण्डर्ड चार्टर बैंकको १५ करोड ७८ लाख रूपैयाँदेखि २६ करोडमाथिको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि गुराँस लघुवित्त वित्तीय संस्था, मिडसोलु हाइड्राेपावर, कुथेली बुखरी स्मेल हाइड्रोपावर कम्पनीको मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS