पोखरा । नेपाली सेनाले मुस्ताङ क्षेत्रबाट दुई पर्यटकको सकुशल उद्दार गरेको छ ।
गएराती मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१, थोराङ्ला पास र मुक्तिनाथ क्षेत्रमा परेको हिउँमा फसेका २ पर्यटकको सकुशल उद्धार गरेको हो ।
उनीहरुलाई नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले गएराती सकुशल उद्धार गरेको थियो ।