काठमाडाैं । नेपालमा इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनरा ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।
‘सुपर सेभ अफर ’ नामक यस अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा ६०,००० सम्मको छुट पाउने कम्पनिले जनाएकाे छ।
यो योजना नयाँ वर्षको शुभकामनासँगै स्वच्छ, हरित र किफायती यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो।
यस अफर अन्तर्गत के.५ मोडेल १ लाख ६९ हजार ९०० मा, राेबाे -एस तीन लाख २० हजार ९०० मा र HWAK दुइ लाख ३६ हजार ९०० मा उपलब्ध छन्।
साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ। यसबाहेक, एक जना भाग्यमानी ग्राहकले आफूले किनेको स्कुटरमा ५०% छुट (‘लकी ड्र’ अन्तर्गत) पाउनेछन्।
सुनरा नेपालका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरे ले भने, ‘हामी नेपाली बजारमा हरित र दिगो यातायातको संस्कृति विकास गर्न प्रतिबद्ध छौं ’। नयाँ वर्ष २०८२ को शुभ अवसरमा, ग्राहकहरूलाई सहज, सुरक्षित र वातावरणमैत्री यात्रा अपनाउन प्रोत्साहित गर्दै यो विशेष अफर ल्याएका छौं।’ यस अभियानले वातावरणीय प्रदूषण घटाउने, पेट्रोलको बढ्दो मूल्यबाट राहत दिने र दीर्घकालीन यात्रा खर्च कम गर्ने क्षेत्रमा पनि योगदान पुर्याउनेछ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ।
FACEBOOK COMMENTS