काठमाडौं । इटालिया मोटरवर्क्स प्रालि द्वारा आयोजित सुनरा K5 स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले स्कुटरको पावर, प्रदर्शन, र प्राविधिक विशेषताहरूको प्रत्यक्ष अनुभव गरे, जसले यसको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरे।
सुनरा K5 मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ, र यसमा ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री छ जसले ५–६ घण्टामा चार्ज भएर एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको एमआरपी रु. १,८९,९०० राखिएको छ।
साथै, इटालिया मोटरवर्क्सले अन्य मोडलहरू जस्तै रोबो–एस र ह्वांक पनि विशेष छुटमा उपलब्ध गराएको छ। रोबो–एस मोडलको एमआरपी रु. ३,७९,९०० छ, जुन अहिले रु. ३,१९,९०० मा उपलब्ध छ। ह्वांक मोडल पनि डबल र सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ, जसमा १८०० वाटको मोटर र १३५ किलोमिटरसम्मको यात्रा दूरी प्राप्त गर्न सकिन्छ।
इटालिया मोटरवर्क्सले ग्राहकहरूलाई किफायती र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाउँदै गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याइरहेको छ।
FACEBOOK COMMENTS