काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।
शुक्रबार बसेको संसदीय सुनुवाई संसदीय सुनुवाई समितिले प्रक्रिया शुरु गर्दै प्रसतावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको हो ।
बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध जेठ ४ गतेभित्र उजुरी दिन सकिने गरि समय तोकेको छ ।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन दस दिनको समय तोकिएको जानकारी दिएका छन् । समितिले सो अवधिभित्र प्रमाणसहित उजुरी दिन उजुरीकर्ताको नाम गोप्य राखिने जनाएको छ ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो
