काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गरेको छ ।
अदालतका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
अदालतले कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
सभामुख सहितले अधिकारीलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता पाण्डे सर्वोच्च गएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालसहित ३० जनाको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएका थिए ।
FACEBOOK COMMENTS