काठमाडौं, १७ भदौ । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
अघिल्लो साता बसेको शेरबहादुर देउवाको मन्त्रिपरिषदले गौतमलाई विना कारण अवकाश दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत गएका गौतमको पक्षमा अदालतले अल्पकालीन आदेश जारी गरेको हो । आफू कुनै राजनीतिक आस्थाका आधारमा नभई खुल्ला प्रतिस्पर्धाबाट आएकाले विनाकारण हटाउने निर्णय भएपछि सर्वोच्च अदालत गएको गौतमको भनाइ छ ।
सर्वोच्चले गौतमलाई अवकाश दिनुपर्ने विषयमा विपक्षीलाई छलफलका लागि बोलाउने निर्णय गर्दै उक्त अल्पकालीन आदेश दिएको हो ।
FACEBOOK COMMENTS