काठमाडौं। अन्तर्राष्ट्रिय जीवन बीमा अभिकर्ता संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सका ४० जना अभिकर्ता सन् २०२५ को सदस्य बन्न सफल भएका छन्। यसमा गौरव कुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल स्थान प्राप्त गर्न सफल भएका छन्। गौरव कुमार शाही यसअघि पनि कोर्टमा मा छनोट भएका थिए।
प्रदेशगत रूपमा कोशी प्रदेशबाट २ जना, मधेसबाट १ जना, बागमतीबाट १७ जना, गण्डकीबाट ५ जना, लुम्बिनीबाट ८ जना, कर्णालीबाट ५ जना र सुदूरपश्चिमबाट २ जना गरी कुल ४० जना एमडीआरटी का लागि योग्य भएका हुन्।
सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले योग्य अभिकर्ताहरुलाई बधाई दिँदै मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताको भेलामा नेपालको प्रतिनिधित्व गर्न पाउने अवसरलाई ऐतिहासिक बनाउने विश्वास व्यक्त गरे। उनले कम्पनीका हजारौं लगनशील अभिकर्ताहरुको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप उत्कृष्टता हासिल गर्न प्रेरणा दिएका छन्।
सूर्यज्योति लाइफका उपलब्धि र सेवाहरू
सूर्यज्योति लाइफ इन्स्योरेन्स हाल ५०१ करोड चुक्ता पूँजी, रु। ४,१५२ करोड लगानी, ३१ लाख बीमालेख र ९९हजार ५४५ प्रशिक्षित अभिकर्ता सहित सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले ३५ घातक रोगका लागि ५० लाखसम्मको उपचार खर्च सुविधा प्रदान गर्ने जीवन बीमा कम्पनीको रूपमा पहिलो ISO 9001-2015 प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र प्राप्त गरेको छ। आर्थिक वर्ष २०८०\०८१ को साधारण सभा पौष ६ गते सम्पन्न गर्दै कम्पनीले २०५ नगद लाभांश पनि वितरण गरिसकेको छ।
FACEBOOK COMMENTS