काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
आज बिहीबार संसदको सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले यस्तो चुनौती दिएका हुन् ।
नैतिकताको उच्च कडीमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै अर्थमन्त्री वाग्ले भावुक समेत बने ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’