काठमाडौं । बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ Tadka Litchi “टेष्टको नयाँ टिव्स्ट” को नारा सहित बजारमा सार्वजनिक गरेको छ ।
तडका लिचिमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । Toffichoo Tadka Litchi को विक्री मूल्य प्रति गोटा रु. २.५० कायम गरिएको कम्पनीले जनाएको छ ।
यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । Toffichoo Tadka आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार Toffichoo Tadka Litchi नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् ।
Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् । हाल Toffichoo अन्तर्गत Fruitee Fun, Fruity Delite, Duoz, Crème Lacto, Tadka (आँप तथा पाइनएप्पल), Chatpata Fun तथा Cofitino बजारमा उपलब्ध छन् ।
FACEBOOK COMMENTS