विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुको तर्फबाट २ करोडभन्दा बढी सहयोग
कर्पोरट खबर
9:30 pm, सोमबार, भदौ २२, २०८३
- नेपाल टेलिकमका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपीडितका लागि २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।
- प्रबन्ध निर्देशक संगीता पहाडीले भदौ २२ गते उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्; संस्थागत थप सहयोग केही दिनभित्रै हुनेछ।
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट २ करोड दुई लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ।
आज भदौ २२ गते प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् ।
नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्नेछ।