काठमाडौं । नेपाली बजारमा यो साता सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि हिजो शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ६९० रुपैयाँले महँगिएको छ ।
महासंघका अनुसार अघिल्लो शुक्रबार (फागुन ८ गते) छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो । त्यसपछि बजार खुल्दा १० गते आइतबार सुनको भाउ ह्वात्तै बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुग्यो ।
साताभरि नै उकालो लागेको सुनको मूल्य ११ गते ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भयो भने १२ र १३ गते स्थिर रहँदै प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भयो । साताको छैटौं दिन बिहीबार (१४ गते) सुनको मूल्यले साताकै उच्च बिन्दु चुम्दै प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको थियो ।
तर, साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार (१५ गते) भने तोलामा ५०० रुपैयाँले सामान्य गिरावट आउँदै सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा झरेर कारोबार बन्द भएको छ ।
सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
FACEBOOK COMMENTS