काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति तथा गत राष्ट्रपतीय चुनावमा आफ्नी प्रतिस्पर्धी रहेकी कमला ह्यारिसको सुरक्षा अनुमति (सेक्युरिटी क्लियरेन्स) खोसेका छन् ।
उनले पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनसहित अमेरिकी प्रशासनका धेरै पूर्वअधिकारीहरूको पनि सुरक्षा अनुमति खोसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हिलारी क्लिन्टन सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्पकी प्रतिस्पर्धी थिइन् ।
सेक्युरिटी क्लियरेन्स भनेको कुनै पनि अमेरिकी नागरिकलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारीहरूमा पहुँच दिने अधिकार हो ।
डोनाल्ड ट्रम्पले यसअघि फेब्रुअरी महिनामै जो बाइडेनको पनि सुरक्षा अनुमति खोसिने बताएका थिए ।
ट्रम्पले बाइडेन परिवारका अर्का सदस्यको पनि सुरक्षा अनुमति खारेज गरिने बताएका छन् ।
ट्रम्पद्वारा जारी मेमोरन्डममा भनिएको छ, ‘मलाई पूर्ण विश्वास छ कि देशको सुरक्षासम्बन्धी गोप्य जानकारीहरू यस्ता व्यक्तिहरूको पहुँचमा हुनु राष्ट्रहितमा छैन ।’
अमेरिकामा परम्पराअनुसार पूर्वराष्ट्रपतिहरू र उच्च सुरक्षा अधिकारीहरूको सुरक्षा अनुमति खारेज गरिँदैन, किनभने यसलाई शिष्टाचार मानिन्छ ।
FACEBOOK COMMENTS