मोरङ । स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँ बोकेका एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
शनिबार काठमाडौँ जान लागेको अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।
त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको उनले बताइन् । दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।