काठमाडौं। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टिभिएस जुपिटर बिएस–भीआई’ का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ।
“पेट्रोलको टेन्सन? अब टिभिएस जुपिटर सोलुसन” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले दैनिक यात्रामा हुने पेट्रोल खर्चको चिन्तालाई सम्बोधन गर्दै टिभिएस जुपिटर लाई किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।
यस आकर्षक अभियान अन्तर्गत नयाँ टिभिएस जुपिटर खरिद गर्ने ग्राहकले ९ महिनासम्म नि:शुल्क पेट्रोल प्राप्त गर्ने विशेष सुविधा पाउनेछन्, जसले उपभोक्ताको दैनिक यात्रा खर्चलाई निकै कम गर्नेछ।
उत्कृष्ट माइलेजका लागि बजारमा स्थापित यस स्कुटरले प्रति लिटर ६० किलोमिटरसम्मको प्रमाणीकृत माइलेज प्रदान गर्ने भएकाले यो दैनिक कम्युटरहरूका लागि अत्यन्तै आर्थिक साबित भएको छ। आरामदायी राइडिङ अनुभव, स्टाइलिस लुक्स र आधुनिक बिएस–भीआई इन्जिन प्रविधिका कारण यो स्कुटर नेपाली परिवार र कार्यालय जाने यात्रुहरूको पहिलो रोजाइ बन्दै आएको छ।
ग्राहकहरूको आर्थिक सहजता र स्वामित्वलाई मध्यनजर गर्दै कम्पनीले नेपालकै लास्टै कम किस्तामा फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। जसअनुसार अब ग्राहकहरूले मात्र २,८९९ रुपैयाँ प्रति महिनाको प्रारम्भिक ईएमआईमा यो स्कुटर सहजै खरिद गर्न सक्नेछन्।

अभियानको उद्देश्य र सान्दर्भिकतामाथि प्रकाश पार्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक र मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।

अहिलेको समयमा पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनिरहेको अवस्थामा टिभिएस जुपिटर ले आफ्नो उत्कृष्ट माइलेज, आरामदायी अनुभव र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई अझ बढी राहत र विश्वास दिनेछ।”

किफायती माइलेज, सहज चलाउने अनुभव, विशेष अफर र लाइफटाइम वारेन्टी जस्ता विशेषताहरूले गर्दा टिभिएस जुपिटर दैनिक यात्राको सबैभन्दा भरपर्दो साथी बन्ने निश्चित छ। सीमित अवधिका लागि मात्र लागू गरिएको यो विशेष अफर नेपालभरका आधिकारिक टिभिएस शोरुमहरूमा उपलब्ध भइसकेको छ।