पोखरा । पोखरामा जारी यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछ ।
आज समुह चरणका अन्तिम दुई खेल हुन लागेका हुन् । आज पहिलो खेल अपराहन्न १२ बजेदेखि भारत र भुटानबीच खेल हुदैछ भने दोस्रो खेल दिउसो ३ बजेदेखि नेपाल र बंगलादेशबीचको खेल हुदैछ ।
बंगलादेशले यसअघिक दुवै खेल जितेर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै नेपालले पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपाल भुटानसँग विजयी भएको थियो । अब फाइनलमा पुग्न नेपालले जितेर मात्र नपुग्ने अवस्था रहेको छ । नेपालले बंगलादेशलाई पराजित गरेपनि नेपाल फाइनल पुग्ने विषय भारत र भुटानको नतिजाले टुंगो लाग्ने देखिएको छ ।
यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देशले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जस अन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् र शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS