काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा आज उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकमा धर्ना दिने भएका छन् ।
बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरीका उद्योगी व्यवसायीहरुले सोमबार ११ बजे नेपाल राष्ट्र बैंकमा धर्ना दिन लागेको उपाध्यक्ष श्रेष्ठले कर्पोरेट खबरलाई बताए । बैंक ब्याजदरविरुद्ध ठटेर लाग्नुपर्नेमा भन्दै उद्योग र उद्योगीहरू टाट पल्टिने अवस्था आइसक्दा पनि राज्यले बेवास्ता गरेको भन्दै राष्ट्र बैकमा धर्ना दिन लागेको बताए ।
अहिलेको बढ्दो ब्याजदरका कारण उपाध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय र बैंकबीच मतभेद उत्पन्न भएको बताए । उनले कञ्चनजङ्गादेखि कञ्चनपुरसम्मका उद्योगीहरू हाल काठमाडौंमा बैंक ब्याजको विरोधमा सडकमा ओर्लिएको बताए ।
आइतबार माइतीघर मण्डलामा भेला भएर उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।
FACEBOOK COMMENTS