काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानबिचको खेलमा अम्पायरहरुले पाखुरामा कालो पट्टी बाँधेर खेल खेलाइरहेका छन्।
ओमानको अल अमेरत क्रिकेट मैदानमा मंगलबार भइरहेको खेलमा श्रीलंका र बंगलादेशका २ मैदान अम्पायरहरुको पाखुरामा कालोपट्टी रहेको छ।
हिजो सोमबार जिम्बावेका पूर्व क्रिकेटर तथा अम्पायर सारा दामानीभानाको आकस्मिक निधन भएको थियो। उनको सम्झनामा अम्पायरले आजको खेलमा कालोपट्टी लगाएर खेलाइरहेका हुन्।
आजको खेलमा बंगलादेशका मासुदुर रहमान श्रीलंकाका रविन्द्र विमालाश्रीले नेपाल र ओमानबिचको खेल खेलाइरहेका छन्। साराको सोमबार उपचारको क्रममा मृत्यु भएको हो। उनले सन् २०२३ को सेप्टेम्बरबाट सिनियर अम्पायरको रुपमा काम गर्दै आएकी थिइन्।