काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् ।
इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेको ४५औं बैठकले गौतमलाई आगामी चार वर्षका सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गौतमसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा तीन दशकभन्दा बढी काम गरेको अनुभव छ । विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।
उनको कार्यानुभव तथा कार्यसम्पादनको मूल्यांकन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको ‘टिम वर्क’मा विश्वास गर्छन् । प्रमुख कार्यकारी अधिकृतमा उनको नियुक्तिसँगै कम्पनी थप उचाइमा पुग्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS