काठमाडौं । नेपाल एपीएफ क्लब आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्वविजेता न्यु डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो ।
एपीएफले न्यू डायमन्डलाई २५–१७, २५–२२, २३–२५ र २५–२३ को सेटमा पराजित ग¥यो । एपीएफकी जसना महतो ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । न्यू डायमन्ड छैटौँ संस्करणको उपाधि विजेता हो भने बाँकी सबै संस्करणको उपाधि एपीएफले जितेको छ । फाइनलमा एपीएफको भेट नेपाल प्रहरीसँग हुनेछ ।
त्यसैगरी आजै भएको दोस्रो सेमिफाइनल खेलमा प्रहरीले नेपाल आर्मीलाई २५–६, २५–२२ र २५–२३ को सोझो सेटमा हराउँदै फाइन प्रवेश ग¥यो । प्रहरीकी पुनम चन्द ‘प्लेयर अफ द म्याच’ चुनिइन् । फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको विजेता टोलिले रु चार लाख ९९ हजार तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछ । त्यस्तै तेस्रो हुनेले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
FACEBOOK COMMENTS