काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ ।
कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ ।
देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकि पहाडी भू(भागहरुका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बाग्मति प्रदेशको एक(दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।