काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।
“हामीले यसअघि सरकारमा रहँदा राज्यको नीति, ‘रोजगारदाता र श्रमिक’बीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढायौँ,” ओलीले लेखेका छन्, “हाम्रो ध्येय थियो– उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित वितरण होस् र देश समृद्ध बनोस् ।”
संविधानले तय गरेको यी सीमाबाट आज पनि राज्य विचलित हुन नहुने उनको भनाइ छ । श्रमिक सम्मानित हुने समाज समृद्ध हुने उनले बताएका छन् ।