काठमाडौँ । दशैं मनाउन गाउँघर गएकाहरू धमाधम कर्मथलो फर्किन थालेका छन् । यसले गर्दा काठमाडौंसँग जोडिएका मुख्य नाकामा सवारीको जाम पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।
आजदेखि दशैँ बिदा सकिने भएकाले पनि कामको लागि जानुपर्ने भएकाले गाउँघर गएका फर्किरहेका हुन्। यसपालि दशैंमा करिब १५ लाख मानिसहरू काटमाडौं उपत्यका छाडेर बाहिरिएका थिए।
यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS