काठमाडौं, फागुन १६ – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ ।कलेजले ब्याच्लर्स अफ कम्प्युटर एप्लिकेशन (बिसिए) अन्तिम वर्षका विद्यार्थीहरुलाई लक्षित गरेर १० लाख रूपैयाँ बराबरको आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना गरेको हो ।
यो फण्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रडक्ट वा प्रोजेक्टलाई प्रदान गरिनेछ । फण्ड आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा खर्च गर्न सकिनेछ भने डेभलपरलाई पारिश्रमिक दिन पनि खर्च गर्न सकिने कलेजले जनाएको छ ।
कलेजका अनुसार विद्यार्थीहरु बीचमा उद्यमशीलताको स्किलसेटलाई बढवा दिन र रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिने माइन्डसेट विकास गर्न यो फण्ड स्थापना गरिएको हो । यो फण्डले अध्ययनसँगै उद्यमशिलताको विकास गर्न महत्वपुर्ण सघाँउ पुग्नेछ ।
इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्नेछ । फण्डलाई प्रडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिने छ । फण्डले उद्यमशीलताको यात्रा शुरू गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने विश्वास लिएका छौ ।
आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लुका साथसाथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको छ । चाबहिल काठमाडौंमा रहेको कलेजले विद्यार्थीहरुलाई कोर्सको अध्ययनसँगै व्यवहारिक ज्ञानमा जोड दिएको छ भने र प्रथम समेस्टरदेखि नै प्रोजेक्टहरु समावेश गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS