काठमाडौं, भदौ १७ – धनुषाकी एक महिलाले एकैपटक चार बच्चा जन्माएकी छन्। विदेह नगरपालिका-७ जोगियारा घर भएकी अन्दाजी ३० वर्षीया अमिरुल खातुनले मंगलबार तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्।
सुत्केरी ब्यथा लागेपछि खातुन मंगलवार जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालका अनुसार बेलुका करिब ५ बजेतिर उनले तीन छोरी र एक छोराको जन्म दिएकी हुन्। महिला र बच्चाको अवस्था भने गम्भीर रहेको र चारै बच्चालाई रातिदेखि नै आइसियुमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।
आमालाई भने भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उनका देवर फिरोज खानले बताए। बच्चाभन्दा आमाकै अवस्था गम्भीर रहेको उनको भनाई छ।