काठमाडौं, पुस २ – किसानपाइप प्रडक्टसप्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् ।
जापानको ख्याती प्राप्त अन्तराष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी”उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसानपाइप प्रडक्टस्ले नेपालमा किसान ब्राण्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोलीजापानको औद्योगिक भ्रमणमा गएको हो ।
सात दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन,डुरास्ट्रिम सीपीभीसीनिर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारिकरणबारे जानकारी लिएका थिए ।
नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसीप्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा सेकिस्युइसीपीभीसी (स्पेसियालिटी प्रडक्टस्) जनरलम्यानेजर योरीताकायामाउचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए । उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउण्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए ।
भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए ।
किसानपाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादालगाएर थान्का उपाहार प्रदान गरेका थिए । जापानिजहरुले नेपाली पोशाक र नेपाली थान्कालाई निकै मन पराउने गर्दछन् ।
भ्रमण टोलीमा सहभागी डिलरहरुले जापान भ्रमण निकै फलदायी भएको बताएका छन् । जापानी उत्पादनहरु गुणस्तरीय हुन्छ भन्ने कुरा पहिलैदेखि सुनेको तर कसरी गुणस्तरीय सामान बनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजारिकरण गर्ने बन्ने बारेमा महत्वपूर्ण सिकाइ भएको उनीहरुले बताएका छन् ।
भ्रमण टोलीमा किसान पाइप प्रडक्टस्का अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्ध निर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए ।
FACEBOOK COMMENTS