काठमाण्डौँ – बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको निर्माण खर्च प्रतिकिलोमिटर तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने भएको छ।
चिनियाँ परामर्शदाताले तयार पारेको नेपाल–चीन सीमापार रेल परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार उक्त रेलमार्गको लम्बाइ ७२ किलोमिटर हुनेछ।
परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार यसमा कुल दुई खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्नेछ।
प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझाव समेटेर केही दिनभित्रै चिनियाँ डिजाइन परामर्शदाता फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट (एफएसडिआई)ले अन्तिम प्रतिवेदन बुझाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
– नागरीक
