काठमाण्डौं – सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल चीन भम्रणमा छन् ।
चीन भ्रमणका क्रममा उनले चाईना काउन्सिल फोर द प्रोमोशन अफ इन्टरनेश्नल टे«ड सिसिपिआईटी , नेपाल उद्योग वाणिज्य महासंघ र सार्क चेम्बरले कसरी काम गर्न सक्छ र कस्तो योजना ल्याएर एकअर्कोलाई सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका छन् ।
उक्त छलफलमा सार्क राष्ट्रका चेम्बरहरुले भाग लिने उनले बताएका छन् ।
सार्कमा राष्ट्रमा कसरी व्यवसायीक वातावरण बनाउन सकिन्छ , छोटो समयमा चाईनाले कसरी तिब्र विकास गर्न सक्यो भन्ने विषयमा छलफल हुने बताइएको छ ।
ढकालले छलफलमा नेपाल र सार्क राष्ट्रमा व्यवसायीक कृषिमा कसरी वुद्धि गर्न सकिन्छ , पर्यटन व्यवसायलाई कसरी बढाउने , व्यापार घाटा कम गर्नको लागि निर्यातलाई कसरी बढाउन सकिन्छ भन्ने आफ्नो मुख्य विषय हुने बताएका छन् ।
त्यस्तै नेपालमा कसरी लगानी बढाउने विषयमा पनि छलफल हुने उनले जनकारी दिएका छन् ।
FACEBOOK COMMENTS