काठमाडौं, १९ वैशाख -नेपाल एयरलाइन्सले आगामी ६ मेमा अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाली नागरिकलाई फर्काउन दूतावासले उक्त उडानको पहल गरेको हो ।
यात्रु स्वयमले टिकट काट्ने गरी यसअघि पनि दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी १ अप्रिलमा ब्रिसबेन उडाएको थियो । यो उडान नेपाल एयरलाइन्सको दोस्रो अष्ट्रेलिया उडान हुनेछ । अष्ट्रेलिया सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिने भएकाले चार्टर्ड उडानका लागि पहल गरेको दूतावासले जनाएको छ ।
FACEBOOK COMMENTS