काठमाण्डौं– नेपाल हस्तकला महासंघको अध्यक्षमा सुरेन्द्र भाई शाक्य निर्वाचित भएका छन् ।
नेपाल हस्तकला महासंघको ३८ औं वार्षिक साधारण सभाले २५ सदस्यीय कार्यसमितिमा २२ जनाको चयन भएका छन् ।
बाँकी ३ जना मध्ये एकजना निवर्तमान अध्यक्ष र एकजना महिला सहित २ जना कार्यसमिति सदस्य अध्यक्षबाट कार्यसमितीको परापर्शमा मनोनयन गर्ने व्यवस्था रहेको छ ।
निर्वाचित कार्यसमितिको पदावधी ३ वर्षको हुनेछ ।
नेपाल हस्तकला महासंघको नवगठित कार्य समिति सदस्यको नामावली वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्षमा दिपेन्द्र शाक्य, सनम शाक्य, रबिन्द्र शाक्य, राजमान बज्राचार्य र सुनिल चित्रकार रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा हिरा भट्टराई, चुडादेव सिह लामा, मोहन कृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता सिह महर्जन, बिक्रम सिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहन सिह मल्ल, जिवन रत्न शाक्य, उपेन्द्र बाराही, सुबिन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरण बहादुर खड्गी रहेका छन् ।
FACEBOOK COMMENTS