काठमाण्डौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा.तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
१० रुपैयाँको पोलिमार नोट छपाइ प्रकरणमा अनियमितता भेटिएको भन्दै पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो ।
अख्तियारले रावल, पौडेर र पाँडे विरुद्ध ९१ लाख रुपैयाँको दरले झण्डै साढे २ करोड रुपैयाँभन्दा बढी बिगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध नोट छपाईमा अष्ट्रेलीयासँग गैरकानुनी मिलेमतो गरेको, गुणस्तरहीन नोट छपाई भएको, छपाईमा भएको कमीकमजोरी लुकाउन पत्रकारलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाएको लगायत आरोप लागेका छन् ।
FACEBOOK COMMENTS